२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

गोदावरीद्वारा २०० बढी गाईबस्तुको व्यवस्थित व्यवस्थापन, गौशालामा सुरक्षित राख्ने काम सुरु

खबर सम्बाददाता १२ भाद्र २०८२, बिहीबार
गोदावरीद्वारा २०० बढी गाईबस्तुको व्यवस्थित व्यवस्थापन, गौशालामा सुरक्षित राख्ने काम सुरु

तराईका जिल्लामा वर्षौँदेखि समस्या बनेको छाडा पशु चौपायाको व्यवस्थापनका लागि कैलालीको गोदावरी नगरपालिकाले आजदेखि आफ्नै गौशालामा गाईबस्तु राख्ने काम सुरु गरेको छ। नगरपालिकाको वडा नं. ७ स्थित गोलादेवी सामुदायिक वनको बीचमा मन्दिर परिसरमा व्यवस्थित रूपमा निर्माण गरिएको गौशालामा आजदेखि पुनः गाईबस्तु व्यवस्थापनको काम अघि बढाइएको छ।

बिहिबार बिहानैदेखि नगरपालिकाका नगर प्रहरी, कर्मचारी, गौशाला व्यवस्थापन टोली र स्थानीयवासीहरूको सक्रिय सहभागितामा सडकमा हिँडिरहेका पशु चौपायलाई सुरक्षित रूपमा गौशालामा लैजाने काम सम्पन्न गरिएको छ। नगर प्रहरी प्रमुख सन्धु चौधरीका अनुसार, “पहिलो चरणमा अत्तरिया बसपार्क, गोदावरी रोड, अत्तरिया चोक, चौकी डाडा सडकखण्ड र धनगढी लाइनको सडकमार्गबाट २०० भन्दा बढी गाईबस्तुको ब्यावस्थापन गरेको जानकारी नगर प्रहरी प्रमुख सन्धु चौधरीले बताएका छन ।

छाडा पशु चौपायाका कारण सडक दुर्घटना, कृषकको बालीनालीमा क्षति, र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयवासीले वर्षौँदेखि भोग्दै आएका थिए। सुदूरपश्चिमको प्रदेश राजधानीको रुपमा चिनिएको गोदावरी नगरपालिकाले प्रदेश सरकारसँग सहकार्य गर्दै व्यवस्थित गौशाला निर्माण गरेको हो।

नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार, “यो गौशाला निर्माणको दुई वर्षदेखि क्रमिक रूपमा अन्य संरचना निर्माण र गाईबस्तु व्यवस्थापन गर्दै जाने गरी दिर्घकालिन योजना रहेको छ।” उनले थपे, “किसानहरूले मलको अभाव भोगिरहेका छन्। गौशालाले मल र मुत्र उपलब्ध गराएर कृषि क्षेत्रमा समेत योगदान पुर्याउनेछ। यस स्थानमा गौशाला निर्माण गर्नु आवश्यक थियो भन्ने सन्दर्भमा योगी पिताम्बरज्यूले पनि साथ दिनुभयो।”

नगर प्रमुख भट्टले गौशालाको धार्मिक र सांस्कृतिक महत्वमाथि प्रकाश पारेका छन्। उनका अनुसार, “गाई राष्ट्रिय जनावर हो। हिन्दू परम्पराअनुसार गाईको पूजा गरिन्छ। तर पछिल्लो समय गाईलाई सडकमा हेला बनाइएको देख्दा अचम्मित हुने अवस्था थियो। हामीले ढिला भए पनि गौशालाको निर्माण गरी गाई संरक्षण, मल–मुत्रको उपयोग र रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छौं।”

गौशालाले गाईको संरक्षणसँगै ग्रामीण कृषि क्षेत्रमा मल–मुत्रको आपूर्ति, रोजगार सिर्जना, र नगरभित्र छाडा पशु व्यवस्थापनलाई व्यवस्थित बनाउने महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। यस पहलले नगरपालिकाको जनहितमुखी र दीगो विकासको दृष्टिकोणलाई उजागर गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin