Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

खबर सम्बाददाता १३ भाद्र २०८२, शुक्रबार
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–२ चौराहाबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने २० वर्षीय नसिव रानासहित ३ जना ४ ग्राम ४६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनीहरुले प्रयोग गरेको से ४ प १७४५ नम्बरको मोटरसाइकलसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै टीकापुर नगरपालिका–५ बस्ने २५ वर्षीय रबि चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्। चौधरीको घर कोठा खाँनतलासी गर्दा १८० मिलिग्राम खैरो हेरोइन र २ ग्राम ८६० मिलिग्राम चरेश फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यता धनगढी उपमहानगरपालिका–१३ लक्ष्मीनगरबाट कैलालीगाउँ बस्ने ३२ वर्षीय रामजिवन राना पनि लागूऔषधसहित पक्राउ परेका छन्। रानालाई चेकजाँच गर्दा उनको साथबाट १६० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका पाँचै जना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin