३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

मेयर शर्मा :इँटा उद्योगीहरू एकजुट भए समग्र क्षेत्रलाई फाइदा

खबर सम्बाददाता १३ भाद्र २०८२, शुक्रबार
मेयर शर्मा :इँटा उद्योगीहरू एकजुट भए समग्र क्षेत्रलाई फाइदा

नेपाल इट्टा उद्योग महासंघको १७औँ वार्षिक साधारण सभा तथा छैटौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आयोजित उद्घाटन समारोहमा पुनर्वास नगरपालिका, कञ्चनपुरका नगर प्रमुख तोय प्रसाद शर्माले इँटा उद्योगीहरू एकजुट भए समग्र उद्योग क्षेत्रलाई फाइदा पुग्ने बताएका छन्।

शर्माले उद्योगको दिगो विकास र श्रमिकमैत्री व्यवस्थापनका लागि साझा आवाज आवश्यक रहेको उल्लेख गर्दै भने, “सबै उद्योगी एकताबद्ध भएर अघि बढ्दा मात्र इँटा उद्योगलाई लाभ हुनेछ।”

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उद्घाटन सत्रको अध्यक्षता महासंघका अध्यक्ष शंकर बहादुर चन्दले गरेका थिए। पुनर्वास नगरप्रमुख शर्मालाई महासंघले विशेष आमन्त्रित अतिथिको रूपमा निमन्त्रणा गरेको थियो।

ललितपुरको गोदावरीस्थित होटल भ्यू भ्रिकूटीमा सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा देशभरका इँटा उद्योगीहरूको उपस्थितिले उद्योग क्षेत्रका चुनौती र सम्भावनाबारे छलफल हुने तथा नयाँ कार्यसमिति चयन हुने बताइएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin