३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

धनगढीका एकजना युवक खैरो हेरोइनसहित पक्राउ

खबर सम्बाददाता १८ भाद्र २०८२, बुधबार
धनगढीका एकजना युवक खैरो हेरोइनसहित पक्राउ

धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढीले संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको हो। मंगलवार अपराह्न करिब ४ बजे धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा भारततर्फबाट नेपाल आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ४०८१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी–११ बस्ने २९ वर्षीय सन्त राम राना पक्राउ परेका हुन्।

रानाले चलाएको लेग गार्डमा लुकाइ छिपाइ राखिएको अवस्थामा ६ ग्राम ८३० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थसहित मोटरसाइकल र रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin