४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

सुपका मुख्यमन्त्रीको समुह र गोल्यान ग्रुपका चेयरम्यान बिच छलफल

खबर सम्बाददाता १८ भाद्र २०८२, बुधबार
सुपका मुख्यमन्त्रीको समुह र गोल्यान ग्रुपका चेयरम्यान बिच छलफल


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको समुह र गोल्यान ग्रुपका चेयरम्यान पवनकुमार गोल्यान बीच छलफल भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी मंसिर १ र २ गते आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन-२०८२ का सन्दर्भमा छलफल  भएको हो। छलफलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार लगानीकर्ताहरूलाई स्वागत गर्न आतुर रहेको बताउनुभएको छ। उहाँले सुदूरपश्चिममा प्रबल सम्भावनाहरू रहेकाले निजी लगानीकर्ताहरूले लगानी गर्दा लगानी खेर नजाने गरी वातावरण निर्माण प्रदेश सरकारले गर्ने बताउनुभयो ।


छलफलमा गोल्यान ग्रुपका चेयरम्यान पवन गोल्यानले सुदूरपश्चिममा कृषि र पर्यटनको सम्भावना रहेकोले सो बमोजिमको नीति निर्माण गर्न उहाँले आग्रह गर्नुभएको छ।
उहाँलाई प्रदेश सरकारले जग्गा उपलब्ध गराए आफूहरूको सो क्षेत्रमा कृषि व्यवसाय गर्ने योजना रहेको बताउनुभएको छ। स्थानीय तहका युवाहरूलाई परिचालन गरी कृषिमा उत्पादन बढाउन सकिने र सोको लागि वातावरण मिलाउन प्रदेश सरकारसँग उहाँले आग्रह गर्नुभयो। स्थानीय युवा परिचालन गर्दा कृषि उत्पादनलाई बढाउँदा अर्बौँ रुपैयाँको श्रोत बन्ने उहाँको भनाइ थियो ।


सामुदायिक वनमा विभिन्न किसिमका जडीबुटीहरू उत्पादन गर्न सकिने भएपनि सामुदायिक वनको कार्यसमिति २ वर्षीय कार्यकाल हुने रे जसले गर्दाखेरि पटकपटक समस्या हुने गरेको उहाँले बताउनुभयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin