४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

पुनर्वास १० मा पशु चौपाया व्यवस्थापन तथा सडक सुरक्षा कार्यक्रम सम्पन्न

खबर सम्बाददाता १९ भाद्र २०८२, बिहीबार
पुनर्वास १० मा पशु चौपाया व्यवस्थापन तथा सडक सुरक्षा कार्यक्रम सम्पन्न


कञ्चनपुर — पुनर्वास नगरपालिका वडा नं. १० स्थित नवयुग युथ क्लबको आयोजनामा पशु चौपाया व्यवस्थापन तथा सडक सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा वडाका जनप्रतिनिधिहरू, बीओपी दोदा पोस्टका सुरक्षाकर्मी, पचकडिया प्रहरी, स्थानीय भलामन्साहरू तथा समाजसेवीहरूको सक्रिय उपस्थिति रहेको थियो।

सडकमा आवतजावतका क्रममा हुने सम्भावित जोखिम कम गर्ने उपाय, पशु चौपाया उचित व्यवस्थापन गर्ने तरिका तथा स्थानीय स्तरमा समन्वय र जनचेतना अभिवृद्धि गर्नुपर्ने रहेको छ ।

आयोजक क्लबले यस प्रकारका कार्यक्रमले गाउँले जीवनमा सुरक्षाबोध बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने र पशुपालन व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin