२ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

धनगढीमा अपाङ्गता तथा अटिजम बालबालिकाका लागि ३ दिने शिक्षक तालिम सुरु

खबर सम्बाददाता १९ भाद्र २०८२, बिहीबार
धनगढीमा अपाङ्गता तथा अटिजम बालबालिकाका लागि ३ दिने शिक्षक तालिम सुरु

कैलालीको धनगढी स्थित राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको आयोजनामा तथा (Abilis) अबिलिस फाउन्डेसनको सहयोगमा अपाङ्गता तथा अटिजम भएका बालबालिकाका लागि शिक्षण–सिकाइ क्रियाकलाप सम्बन्धी ३ दिने शिक्षक तालिमको उद्घाटन सम्पन्न भएको छ।

तालिममा रमा कार्की र सपना शाह प्रशिक्षकका रूपमा रहेका छन्। कार्यक्रममा सोसाइटीका अध्यक्ष रमेश बस्नेत, अटिजम भएका बालबालिकाका अभिभावक, शिक्षक लगायतको सक्रिय उपस्थिति थियो।

प्रशिक्षक रमा कार्कीले तालिमलाई अधिकतम प्रभावकारी बनाउन आफ्नो अनुभव र सीप प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, “३ दिनसम्म मैले सक्दो योगदान दिनेछु,” भन्दै तालिममा सहभागी शिक्षक र अभिभावकको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन्।

यस तालिम मार्फत शिक्षक र अभिभावकले अटिजम भएका बालबालिकाको सिकाइ प्रक्रिया अझ सहज र प्रभावकारी बनाउन उपयोगी ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ भनेर अध्यक्ष रमेश बस्नेतले बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin