४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

नवज्योति कृषि सहकारीद्वारा हिउदे तरकारी खेती सम्बन्धी तालीम सम्पन्न

खबर सम्बाददाता २० भाद्र २०८२, शुक्रबार
नवज्योति कृषि सहकारीद्वारा हिउदे तरकारी खेती सम्बन्धी तालीम सम्पन्न

धनगढी–७ मा नवज्योति कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा र कृषि ज्ञान केन्द्र कैलालीको सहजीकरणमा हिउदे तरकारी खेती सम्बन्धी एक दिने कृषक तालीम शिक्षा समिती संयोजक अनिता चौधरीको सभाध्यक्षता सम्पन्न भएको छ।

तालीमका प्रशिक्षक सहायक कृषि प्रसार अधिकृत राम नारायण चौधरीले तरकारी खेतीसम्बन्धी जानकारी गराएका हुन । 

कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख टेक बहादुर विष्टले हिउदे तरकारी बीउ–बिजन र नर्सरी व्यवस्थापन बारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा ४० जना भन्दा बढी शेयर सदस्य तथा सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीलाई ८ समूहमा विभाजन गरी टमाटर, बन्दागोभी, फूलगोभी र खुर्सानीको बीउ वितरण गरिएको व्यवस्थापक उग्रसेन रानाले जानकारी दिएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin