४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

मानसिक स्वास्थ्य सेवामा ऐतिहासिक सहकार्य : कृष्णपुरमा अनलाइन परामर्श सेवा सुरु

खबर सम्बाददाता २० भाद्र २०८२, शुक्रबार
मानसिक स्वास्थ्य सेवामा ऐतिहासिक सहकार्य : कृष्णपुरमा अनलाइन परामर्श सेवा सुरु

कञ्चनपुर । मानसिक स्वास्थ्य उपचार र परामर्शलाई सहज र प्रभावकारी बनाउन कृष्णपुर नगरपालिका र काठमाडौं विश्वविद्यालय, मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्र, धुलिखेलबीच महत्वपूर्ण सम्झौता भएको छ। नेपालमा पहिलोपटक कुनै नगरपालिका र विश्वविद्यालयबीच यस्तो सहकार्य भएको हो।

सम्झौताअनुसार अब कृष्णपुर नगरपालिकाभित्रका मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूले अनलाइन टेलिमेडिसिन प्रविधि मार्फत विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श पाउनेछन्। बिरामी स्वयं कृष्णपुर स्वास्थ्य चौकीमा उपस्थित भई मेडिकल अफिसरको सहयोगमा विशेषज्ञसँग भिडियो कुराकानी गरी उपचार परामर्श लिन सक्नेछन्।

यो सेवा प्रत्येक शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ। साथै, काठमाडौं विश्वविद्यालयको चिकित्सक टोलीले हरेक तीन महिनामा कृष्णपुरमै आएर बिरामीहरूको प्रत्यक्ष स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि गरिएको छ।

नगरपालिकाले मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने जनाएको छ। साथै, आत्महत्या रोकथाम, संकट व्यवस्थापन (Crisis Counseling), जनचेतनामूलक कार्यक्रम तथा विभिन्न तालिममार्फत मानसिक स्वास्थ्य सेवा थप प्रभावकारी बनाइनेछ।

सम्झौतामा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसिनका एसोसिएट डिन डा. दीपक कुँवर र कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले हस्ताक्षर गरेका छन्।

यो सहकार्यले ग्रामीण भेगमा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, बिरामीलाई उपचारमा सहजता दिलाउने र समग्र समुदायमा मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

सम्झौता पत्र :

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin