४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

उग्रतारा सामुदायिक वनको दशौं वार्षिक साधारण सभा सम्पन्न

खबर सम्बाददाता २१ भाद्र २०८२, शनिबार
उग्रतारा सामुदायिक वनको दशौं वार्षिक साधारण सभा सम्पन्न

कृष्णपुर नगरपालिका वडा नं ७ स्थित उग्रतारा सामुदायिक वन उपभोक्ता समूहको दशौं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम समूहका अध्यक्ष मदन रानाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

साधारण सभामा आ.व. २०८१/८२ को आय–व्यय विवरण प्रस्तुत गरिएको थियो । समूहले २८ लाख ७१ हजार ५ सय ९७ रुपैयाँ आम्दानी गरेकोमा २८ लाख ९४ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको प्रस्तुतिमा उल्लेख गरिएको छ । यसैगरी आ.व. २०८२/८३ का लागि समूहले २९ लाख ८० हजार आम्दानी र २१ लाख ८० हजार खर्चको लक्ष्यसहित वार्षिक कार्ययोजना प्रस्तुत गरेको अध्यक्ष रानाले जानकारी दिए ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकार लक्ष्मी राना, स्थानीय कलाकार नरेश धामी, राज केशव भट्ट लगायतका लोक सखिया नाच, मघौटा नाच, देउडा, होरी र छलिया जस्ता सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।

साधारण सभामा प्रमुख अतिथि कृष्णपुर नगरपालिका उप-प्रमुख द्रोपती राना, कृष्णपुर ७ का वडाध्यक्ष घुम्मन राना, कार्यपालिका सदस्य आरती बोहरा धामी, पिपरिया सब–डिभिजन प्रमुख सहायक वन अधिकृत मणिराज  भट्ट, एनफेफोफन सचिव तथा सीता सा.व अध्यक्ष पुना राम चौधरी, जानकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिपि भट्ट लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र उपभोक्ता सदस्यको उपस्थिति रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin