३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

गौरा मेलाले सुदूरपश्चिमको सांस्कृतिक पहिचान जोगाएको छ : डा. जोशी

खबर सम्बाददाता २१ भाद्र २०८२, शनिबार
गौरा मेलाले सुदूरपश्चिमको सांस्कृतिक पहिचान जोगाएको छ : डा. जोशी

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा. टी. एन. जोशीले गोदावरी नगरपालिका स्याउलेमा रहेको विश्वनाथ महादेव मन्दिर समितिद्वारा आयोजित बृहत् गौरा मेलाले सुदूरपश्चिमको मौलिक संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।

उनले गौरा र डेउडाको नाम उच्चारण हुने बित्तिकै सुदूरपश्चिमको पहिचान झल्किने उल्लेख गर्दै, यस्ता धार्मिक तथा सांस्कृतिक परम्परा जोगाएर राख्ने समाजको प्रयास प्रशंसनीय रहेको टिप्पणी गरे।
“संघीयताको मूल मर्म नै हाम्रो संस्कृति र पहिचान संरक्षण हो। सडक तथा भौतिक संरचना मात्र विकास होइन, कला–संस्कृति जोगाउन लागी पर्नु नै वास्तविक विकास हो,” उनले भने।

डा. जोशीले गौरा पर्वलाई सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानका रूपमा जगेर्ना गर्नु अत्यावश्यक रहेको बताउँदै संस्कृति र पहिचान जगेर्ना गरे मात्र व्यक्तिको अस्तित्व कायम रहने धारणा व्यक्त गरे।

सो अवसरमा उनले प्रदेश प्रज्ञा प्रतिष्ठानलाई अझ सबल बनाउँदै सांस्कृतिक संरक्षण र विकासका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin