Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले गरे नयाँ पार्टी खोलेर अघि बढ्ने घोषणा

खबर सम्बाददाता २९ भाद्र २०८२, आईतवार
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले गरे  नयाँ  पार्टी खोलेर अघि बढ्ने घोषणा

 नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन्। त्यासँगै नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा गरेका हुन्। ‘मलाई साथ दिने साथीहरू जोडिनु होला हिजो मसँग जोडिएका साथीहरू जोडिनु होला आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद’, उनले भनेका छन्।

नाउपा भित्र आफूलाई साथ दिनेहरूलाई पनि सँगै लिएर अगाडी बढ्ने उनले बताए। ‘मेरो रन्जितासँग कुनै दुस्मनी छैन। मेरो दामोदरसँग कुनै दुस्मनी छैन। तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाइहरूसँग मेरो कुनै दुस्मनी छैन’, उनले भनेका छन् ‘मेरो दुस्मनी यो देशका राष्ट्रिय फटाहहरुसँग छ।’ संसद्मा राजीनामा दिएकाहरू फेरि फिर्ता हुन जानेहरूसँग सम्झौता नहुने उनले स्पष्ट पारेका छन्। नयाँ दल नयाँ नयाँ भावना र राजनीतिक विचारलाई स्थापना गर्ने बताए। ‘मैले नै नागरिक उन्मुक्ति पार्टीको गीत लेखेको हो। मैले नै नागरिक उन्मुक्ति पार्टीका विधान लेखको हो। मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो’, उनले भनेका छन्, तर व्यक्तिगत अहङ्कार र स्वइच्छालाई मैले जित्न सकिन।,

नागरिक उन्मुक्ति पार्टीलाई धन्यवाद दिँदै नागरिक उन्मुक्ति पार्टी नेपालमा स्वागतको आह्वान समेत उनले गरेका थिए।
 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin