३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

धनगढीमा ‘जेन जी’ शहीदको सम्मानमा ‘जेन जी मार्ग’ नाम दिने घोषणा

खबर सम्बाददाता १ आश्विन २०८२, बुधबार
धनगढीमा ‘जेन जी’ शहीदको सम्मानमा  ‘जेन जी मार्ग’ नाम दिने घोषणा

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले शहरको एक प्रमुख सडकलाई ‘जेन जी मार्ग’ नाम दिने घोषणा गरेका छन्।

मेयर हमालले आफ्नो सामाजिक सञ्जालमार्फत भने, “जेन जी आन्दोलनमा शहीद भएका वीर आत्माहरूको सम्मानमा यो कदम उठाइएको हो।” नयाँ नामकरण अन्तर्गत धनगढी–१ स्थित जोशी मेडिकल चोकदेखि पार्क मोड, कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोडसम्मको सडकखण्ड समेटिएको छ। सो क्षेत्रमा उपमहानगरपालिकाद्वारा सञ्चालित महिला उद्यम बजार पनि रहेको छ।

मेयर हमालले नगरवासीहरूलाई अबदेखि उक्त सडकलाई “जेन जी मार्ग“ भनेर सम्बोधन गर्न अपिल गरेका छन्। उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय पारित भएसँगै, यो नाम औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin