बुधबार लालझाडीका स्वतन्त्र युवाहरुले लालझाडी गाउँपालिका लाई १२ बुदे ज्ञापन पत्र बुझाएका छन । ।
हरेक योजनामा कमिसन खाने, आफन्तलाई कोटेशन योजना वितरण गर्ने, विज्ञापन बिनै कर्मचारी राख्ने, बेथिति बढाएपनि अख्तियार सहितका निकायले रोक्न चासो नदिएको भन्दै स्वतन्त्र युवाले विरोध जनाउदै ज्ञापन पत्र बुझाएका हुन ।
लालझाडी स्वतन्त्र युवा समुहका संयोजक नारायण रानाले गाँउपालिका जनताको विकास निर्माण भन्दा भ्रष्टाचारमा लिप्त भएकाले गुनासोे गरे ।
पालिका अध्यक्ष निर्मल राना कार्यालय बाहिर रहेकाले प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीलाई ज्ञापन पत्र बुझाईको छ । पत्रमा १२ माग रहेका छन ।

स्वतन्त्र युवा समुहले १० दिनभित्रै माग कार्यान्वयन नगरे आन्दोलनको चेतावनी दिएका छन । ज्ञापन पत्र बुझ्दै लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले पालिकामा कमिसन र भ्रष्टाचारजन्य गतिबिधी नभएको दावि गरेका छन ।
ज्ञापन पत्र बुझाउने क्रममा युवा र प्रमुख प्रशासकीय अधिकृत सार्की बीच चकाचर्की भएको थियो । यसका साथै पालिका अध्यक्ष सहित यथा सिघ्र बैठक बस्ने दुबै पक्ष बीछसहमती भएको छ ।