३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

स्थानीयको पहलमा पुनःस्थापना गरियो गेटा प्रहरी बिट

खबर सम्बाददाता ३ आश्विन २०८२, शुक्रबार
स्थानीयको पहलमा पुनःस्थापना गरियो गेटा प्रहरी बिट

गत भदौ २४ गतेको आन्दोलनका क्रममा तोडफोड गरी काम नलाग्ने अवस्थामा पुगेको गेटा प्रहरी बिट स्थानीयको पहलमा पुनःस्थापना गरिएको छ। गेटा युवा क्लवले स्थानीयवासीको सहयोगमा प्रहरी बिट पुनःनिर्माण गरेको हो। स्थानीय हेमराज खत्री ढुंगानाका अनुसार प्रहरीलाई ड्युटी गर्न सहज होस् भन्ने उद्देश्यसहित स्थानीय टोली खटिएर पुनःस्थापना कार्य सम्पन्न गरिएको हो।

शुक्रबार आयोजित एक कार्यक्रममा लक्ष्मी कत्था उद्योग गेटाका महाप्रबन्धक रोशन कर्णले नयाँ बिटको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले नागरिक सुरक्षाका लागि खटिने प्रहरीलाई सहज बनाउने युवा क्लवको पहल सराहनीय रहेको उल्लेख गरे।

गेटा युवा क्लवका अध्यक्ष हरिस भण्डारीका अनुसार करिब ६५ हजार रुपैयाँ खर्चमा बिट पुनःनिर्माण गरिएको हो। यस अभियानमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका थिए। नवस्थापित प्रहरी बिटमा टेबल र पंखा समेत उपलब्ध गराइएको क्लवले जनाएको छ। बिट पुनःस्थापना भएपछि प्रहरीलाई ड्युटी गर्न सहज भएको स्थानीयवासीले बताएका छन् l

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin