३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

धनगढीमा पनि संविधान दिवस २०८२ मनाइयो

खबर सम्बाददाता ३ आश्विन २०८२, शुक्रबार
धनगढीमा पनि संविधान दिवस २०८२ मनाइयो

संविधान दिवस २०८२ को अवसरमा सुदूरपश्चिम प्रदेशमा पनि भव्यताका साथ मनाईको छ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्रीकमल बहादुर शाहले संवैधानिक मूल्य, शान्ति, सुशासन र समृद्धिप्रति दृढ प्रतिबद्धता जनाएका छन् ।
मुख्यमन्त्री शाहले संविधानले संघीयता, समावेशिता र समानताको मार्ग प्रशस्त गरेको बताउँदै यसलाई व्यवहारमा उतार्न जोड दिए। उनले भने, “संविधानले जनताको अधिकार सुनिश्चित गरेको छ, तर कार्यान्वयनमा अझै धेरै गर्न बाँकीरहेकये बताउनुभयो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाप्रति दुख व्यक्त गर्दै उनले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि भएको आक्रमणको निन्दा गर्नुभयो । “युवाहरूको भ्रष्टाचारमुक्त शासन र जवाफदेहीताको माग संविधानको मर्मसँग मेल खाएको बताउनुभयो

संविधानलाई आत्ममूल्यांकनको अवसरको रूपमा लिँदै मुख्यमन्त्रीले समृद्धि, समानता र न्यायको प्रत्याभूति अझै अपूर्ण रहेको स्वीकार गरे। उनले व्यावसायिक प्रशासन र प्रभावकारी सेवा प्रवाहमार्फत संविधानलाई जीवन्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुदूरपश्चिम सरकारले सुशासन, पारदर्शिता र समावेशी विकासलाई प्राथमिकतामा राखी सबै नेपालीलाई एकजुट भएर समृद्ध नेपाल निर्माणमा सहभागी हुन आह्वान गरे । कार्यक्रममा प्रदेश प्रमुख नाजिर मिया, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, पूर्वमुख्यमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश सभा सदस्य र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin