२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

क्षमता नेतृत्व विकास तथा लैङिक हिंसा न्यनिकरणका लागि ऐन कानून सम्बन्धी दुई दिने तालिम सुरु

खबर सम्बाददाता ३ आश्विन २०८२, शुक्रबार
क्षमता नेतृत्व विकास तथा लैङिक हिंसा न्यनिकरणका लागि ऐन कानून सम्बन्धी दुई दिने तालिम सुरु

धनगढी, ३ असोज । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ छटकपुर बसन्तामा क्षमता नेतृत्व विकास तथा लैङिक हिंसा न्यनिकरणका लागि ऐन कानून सम्बन्धी दुई दिने तालिम शुक्रबारदेखि सुरु भएको छ । सुइटी सामुदायिक वन उपभोक्त समुह र खौरहवा शिव सामुदायिक वन उपभोक्ता समुहको आयोजना तथा दलित महिला अधिकार मञ्च कैलाली, डिसिएको समन्वयमा सामुदायिक वनका सदस्यहरुको क्षमता नेतृत्व विकास तथा लैङिक हिंसा न्यनिकरणका लागि ऐन कानून सम्बन्धी दुई दिने तालिम सुरु भएको हो ।

तालिम उदघाटन कार्यक्रम कैलारी गाउँपालिका कार्यपालिका सदस्य सुन्दरीदेवी चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै उहाँ सामुदायिक वनले कार्ययोजना र पारदर्शिता ढंगले अगाडी बढेमात्र विकास हुने बताउनु भयो । उहाँ सामुदायिक वनका सबै उपभोक्ता सदस्यहरुलाई विधानबारे अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । कैलारी गाउँपालिका वडा नम्बर ७ डुबान, जंगली जनावरको अतांक, नदि कटानसँगै आगलागिको दृष्टिले उच्च जोखिम भएकोेले न्यूनिकरणका लागि समन्वय आवश्यक रहेको बताए । कार्यक्रममा डिभिजन वन कार्यालय बसन्ताका बन रक्षक विश्वास धामी सामुदायिक वनमा महिला पुरुष दुवैलाई ५०÷५० प्रतिशत हक अधिकार सुनिश्चितता गरेको तर कार्यान्वयनमा नआएको बताए ।

सुइटी सामुदायिक वनका सचिव तथा दलित महिला अधिकार मञ्च धनगढीका सहजकर्ता निलु चौधरी महिलाहरुको नेतृत्व तथा क्षमता विकाससँगै उद्यमशिलतातर्फ जोडनका लागि उपभोक्ता सदस्यहरुका लागि तालिमको आयोजना गरेको बताउनु भयो । कैलारी गाउँपालिकामा ४८ वटा सामुदायिक वन मध्ये दलित महिला अधिकार मञ्च २५ वटा सामुदायिक वनमा विभिन्न कार्यक्रम संचालन गरिरहेको बताउनु भयो । उहाँ गत बर्ष यी सामुदायिक वनले सामाजिक उत्तरदायित्व बहन गर्नका लागि बालबालिकाहरुलाई छात्रवृत्रिमा सहयोग गरेको बताउनु भयो । तालिम उदघाटन कार्यक्रम खौरहवा शिव सामुदायिक वनका अध्यक्ष लेखराम चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै उहाँले सामुदायिक वनको आम्दानीको केही प्रतिशत वन विकाससँगै गरिबी निवारण, आयआर्जनमा खर्च गर्नुपर्ने भएकोले त्यहि अनुसार अगाडी बढने बताए । सामुदायिक वनले गर्भवती महिलाहरुलाई सहयोग, बालबालिकाहरुलाई छात्रवृति, बंगुर पालन, तरकारी खेतीमा सहयोग गर्ने योजना रहेको बताउनु भयो । महिलाहरु लैङिक हिंसामा परेपनि हकअधिकारका लागि बोल्न नसक्ने उपभोक्ताहरुको क्षमता नेतृत्व विकास र सामुदायिक वनका ऐन कानूनबारे जानकारी दिनका समन्वय गरेकोले दलित महिला अधिकार मञ्चलाई धन्यवाद दिनु भयो ।

कैलारीको ४८ वटा सामुदायिक वन मध्ये आफनो सामुदायिकमा कार्यक्रम संचालन गरेकोप्रति हार्दिक अभार व्यक्त गर्दै सामुदायिक वनलाई नमुना बनाउन सबै उपभोक्ता सदस्यको समन्वय जरुरी रहको बताउनु भयो । कार्यक्रम संचालन खौरहवा शिव सामुदायिक वनका सचिव महाविर चौधरीले गरेका थिए । उदघाटन कार्यक्रममा सुइटी सामुदायिक वनका अध्यक्ष रामचरण चौधरी, शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फुलपति चौधरी, सब डिभिजन वन कार्यालय बसन्ताका बनरक्षक शिवराज पाण्डे, महिला स्वास्थ्य स्वयं सेविका घुम्नी चौधरी, विद्यादेवी चौधरीलगायतको सहभागिता रहेको थियो । दुई दिनसम्म संचालन हुने क्षमता नेतृत्व विकास तथा लैङिक हिंसा न्यनिकरणका लागि ऐन कानून सम्बन्धी तालिममा सहजीकरण सरिता चौधरीले गरिरहनुभएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin