३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

संविधान दिवसमा कैलालीमा कांग्रेस र एमालेद्वारा संयुक्त शक्ति प्रदर्शन

खबर सम्बाददाता ३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा कैलालीमा कांग्रेस र एमालेद्वारा संयुक्त शक्ति प्रदर्शन

संविधान दिवसको अवसर पारी कैलालीमा प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालले संयुक्त शक्ति प्रदर्शन गरेका छन् । पछिल्लो घटना क्रमलाई ध्यानमा राखेर संविधाको रक्षार्थ कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा बृहत मोटरसाइकल र्याली गरेको नेपाली कांगेसका जिल्ला कार्यवाहक अध्यक्ष खेम डगौरा चौधरीले जानकारी दिए ।

चौमाला, अत्तरिया हुदै आएको र्याली धनगढी चौराहमा कोणसभामा परिणत भएको थियो । यस्तै टीकापुरबाट सुरु भएको र्यालीले लम्कीमा कोणसभा गरेको नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानाले बताए ।

बिशेष गरी संविधानको रक्षा र उन्नत लोकतन्त्रको लागि राजनीतिक पार्टी नै उपयुक्त विकल्प भएको हुँदा राजनीतिक पार्टी माथिको पछिल्लो समयमा भै रहेको प्रहारका विरुद्ध यो र्याली गरेको नेपाली कांग्रसका केन्द्रिय सदस्य नृप बहादुर वडले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin