३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

निसर्ग इन्डो नेपाल जुगेडा कप–२०८२ दोस्रो दिन मा ४ खेल सम्पन्न

खबर सम्बाददाता ५ आश्विन २०८२, आईतवार
निसर्ग इन्डो नेपाल जुगेडा कप–२०८२ दोस्रो दिन मा ४ खेल सम्पन्न

कैलाली, असोज ५ ।
कैलालीको धनगढी उप–महानगरपालिका–१० जुगेडामा संयुक्त राना जनचेतना परिवारको आयोजनामा  जारी निसर्ग इन्डो नेपाल जुगेडा कप–२०८२ भलिबल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिन ४ खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा मनेहरा स्पोर्ट्स क्लब र डिस्कभरी स्कुलबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । बेष्ट अफ फाइभमा खेलेको सो खेलमा पहिलो सेट मनेहराले जित्दा दोस्रो सेट डिस्कभरीले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट पुनः मनेहराले जिते पनि चौथो र निर्णायक पाँचौ सेटमा डिस्कभरी स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै कुल ३–२ को नतिजासहित मनेहरा स्पोर्ट्स क्लबलाई पराजित गरेको थियो ।

दोस्रो खेलमा माइस्ट्री युवा क्लब र उर्मा, तेस्रो खेलमा राम जानकी प्रोपर्टी र लक्ष्मी प्रिन्ट तथा चौथो खेलमा टाउन बजार र कमल रेष्टुरेन्टबीच प्रतिस्पर्धा हुने तालिका भए पनि विपक्षी टिम नआएपछि क्रमशः माइस्ट्री युवा क्लब, लक्ष्मी प्रिन्ट र कमल रेष्टुरेन्ट वाकओभरको आधारमा बिजेता बनेका छन् ।

प्रतियोगिताका खेल संयोजक भगिरथ रानाका अनुसार भोलि असोज ६ गते क्वाटर फाइनलका सबै खेलहरु सञ्चालन हुने छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin