२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीमा हराएको भोलिपल्ट नदीमा निर्वस्त्र भेटियो बालिकाको शव

खबर सम्बाददाता ११ आश्विन २०८२, शनिबार
धनगढीमा हराएको भोलिपल्ट नदीमा निर्वस्त्र भेटियो बालिकाको शव

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरकी ११ वर्षीया बालिका सुचित्रा रानाको शव मोहना नदीमा भेटिएको छ।
बिहिबार साँझ करिब ४ बजे हराएकी बालिकाको आज (शुक्रबार) दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

बालिका हराएको भन्दै आज करिब १० बजेतिर अभिभावकले खोजी गर्न आग्रह गर्दै प्रहरीलाई जानकारी दिएका थिए। त्यसको केही घण्टापछि शव भेटिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

‘हिजो बालिका हराएको भन्दै आज जानकारी गराउनुभएको थियो। हामीले खोजीकार्य जारी राखेका थियौँ,’ उनले भने, ‘करिब ३र४ बजेतिर बालिकाको शव भेटिएको हो।’ नदीमा डुबेको अवस्थामा बालिकाको शव भेटिएको र करिब २ सय मिटर पर लुगा तथा चप्पल फेला परेको प्रहरीले जनाएको छ।

पोष्टमार्टमपछि घटनाको थप तथ्य बाहिर आउने प्रहरीले जनाएको छ। बालिकाको शव निर्वस्त्र अवस्थामा भेटिएको भन्दै घटना रहस्यमय रहेको स्थानीय तथा आफन्तहरूले बताएका छन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin