Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

कैलालीको गाेदावरी ९ सेहरीमा दशै मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न

खबर सम्बाददाता १३ आश्विन २०८२, सोमबार
कैलालीको गाेदावरी ९ सेहरीमा दशै मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न

कैलालीको गाेदावरी ९ सेहरी गाउँमा दशै मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे छ ।

आज असाेज १३ गतेका दिन थारु दशै मिलन समाज द्वारा आयाेजित दशै मिलन कार्यक्रम सम्पन्न भएकाे हाे । थारु र रानाथारु दुबै समुदायले हर्षाेल्लासका साथ आ-आफ्नो साँस्कृृतिक पहिरन झल्काउंदै कार्यक्रमलाई भव्यताका साथ मनाउंदै एकअर्कासँग शुभकामना आदानप्रदान गरेका हुन् ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकार लक्ष्मी रानाकाे जाेडदार प्रस्तुतिका साथै थारु सखिया नाच अनि रानाथारु समुदायकाे हाेरि नाच र विभिन्न नृत्यहरु प्रस्तुत गरिएका थिए ।

दशै मिलन कार्यक्रम याे वर्ष मात्र नभई हरेक वर्ष थारु र रानाथारु दुवै समुदायले मिलेर मनाउने भन्ने प्रतिबद्धता वडा अध्यक्ष रामलाल राना र नव भलमन्सा चन्द्र बहादुर चाैधरीले जाहिर गरे ।

उक्त कार्यक्रम गाेदावरी ९ का वडा अध्यक्ष रामलाल रानाकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे हाे,भने कार्यक्रमका सभाध्यक्ष सेहरिका नव भलमन्सा चन्द्र बहादुर चाैधरी रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा वडा नं. ९ का वडा सदस्य उद्ववराज भट्टराई रहेका थिए ,भने उक्त कार्यक्रममा विभिन्न अतिथिहरुकाे आगमन रहेकाे थियाे ।कार्यक्रमलाई हर्षराज चाैधरीले सञ्चालन गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin