३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

लालझडीका स्वतन्त्र युवा र गाऊँ पालिका बीच के के भयो सहमति ?

खबर सम्बाददाता २१ आश्विन २०८२, मंगलवार
लालझडीका स्वतन्त्र युवा र गाऊँ पालिका बीच के के भयो सहमति ?

कंचनपुर जिल्लाको लालझाड़ी गाऊँपालिकाका स्वतन्त्र युवाले असोज २ गते १२ बुदे माग सहित ज्ञापन पत्र पालिका प्रमुख प्रशसकीय अधिकृत राज बहादूर सार्की लाई बुझाएका थिए । पत्रमा १० दिन भित्र माग कार्यान्वयन हनु पर्ने भए पनि सार्वजनिक बिदा तथा चाडपर्व परेकाले आज असोज २१ गते दुई पक्ष बीच विभिन्न सहमति भएका छन ।
१. पालिकाको वडा नं ४ मा रहेको रानाथारू होमस्टे सञ्चालनका लागि आवश्यक जग्गाको क्षेत्रफल सार्वजनिक गर्ने र उक्त परियोजनालाई यही २३ गतेको कार्यपालिका बैठकमा निर्णय गरेर तुरुन्तै सञ्चालनमा ल्याइने अध्यक्ष रानाले प्रतिबद्धता जनाएका छन्।
२. स्वतन्त्र युवा समूहले करारमा कार्यरत कर्मचारीहरूलाई तत्काल हटाउनुपर्ने मागमा नेपाल सरकार तथा स्थानीय सरकारको माप दण्ड अनुसार समायोजन गर्ने
३. पालिकाभरि बाटोघाटोमा रहेका खाल्डा-खुल्डी भोली २२ गते देखी मर्मत कार्य सुरु गर्ने

आज भएको छलफलमा पालिका अध्यक्ष निर्मल रानाले स्वंतन्त्र युवाको माग मा प्रतिबद्धता जनाउदै युवा हरूलाई धन्यवाद दिए । पालिका सबैको हो यसलाई सबैले मिलेर अगाड़ी बढ़ाउन अनुरोध गरे ।

आफनो मागप्रति पालिकाको यो सकारात्मक प्रतिक्रियालाई स्थानीय स्वतन्त्रयुवाले स्वागत गरेका छन्। अब २३ गतेको कार्यपालिका बैठकमा मागहरू कसरी कार्यान्वयनमा आउने त्यस पछि आगामी माग र आदोलन तय गर्ने स्वतन्त्र युवा समुहका संयोजक नारायण रानाले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin