Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

तेस्रो खुल्ला वडा स्तरीय मनेहरा कप–२०८२ सुरु

खबर सम्बाददाता २३ आश्विन २०८२, बिहीबार
तेस्रो खुल्ला वडा स्तरीय मनेहरा कप–२०८२ सुरु

धनगढी, असोज ।धनगढी ७ स्थित मनेहरा स्पोर्ट्स क्लबको आयोजनामा तेस्रो खुल्ला वडा स्तरीय मनेहरा कप–२०८२ पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन रुपक चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी धनगढी उप–महानगरपालिका–७ का वडा अध्यक्ष मोती राना रहेका थिए भने विशिष्ट अतिथी वडा सदस्य बासु राना थिए। साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी रानाले भने, “खेल क्षेत्रको विकासका लागि वडाबाट आवश्यक सहयोग गरिनेछ। खेलाडीहरू खेलमार्फत आफ्नो भविष्य निर्माण गर्दै छन् र यस्ता आयोजनाले युवाहरूलाई लागू औषधजस्ता विकृतिबाट टाढा राख्ने कार्य गर्छ,” बताए ।

उक्त प्रतियोगिता असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने खेलमा१९वटा टिम सहभागी भएका छन्। प्रथम पुरस्कार २५,५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो र तेस्रो स्थानका विजेताले क्रमशः १५,५२५ र ७,५२५ रुपैयाँ प्राप्त गर्नेछन्।कार्यक्रममा स्वागत मन्तव्य दिल्लु रानाले दिएका थिए भने सञ्चालन सुरज रानाले गरेका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin