३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कैलालीको घोडाघोडीमा युवकको घाँटी रेटी हत्या, टाउको लिएर प्रहरीमा पुगेका दुई युवक पक्राउ

खबर सम्बाददाता २५ आश्विन २०८२, शनिबार
कैलालीको घोडाघोडीमा युवकको घाँटी रेटी हत्या, टाउको लिएर प्रहरीमा पुगेका दुई युवक पक्राउ

कैलालीमा एक युबकको घाँटी रेटी हत्या गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–८ जरैमा २८ बर्षिय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरीएको छ । पक्राउ पर्नेमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री रहेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी अवस्थीका अनुसार दुबै जनाले बुढाको घाँटी रेटी टाउको बोकेर प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी पोस्ट आउदै गर्दा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले बताएका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin