१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

तेस्रो मनेहरा कप–२०८२ सम्पन्न, डडेलधुरा विजेता

खबर सम्बाददाता २६ आश्विन २०८२, आईतवार
तेस्रो मनेहरा कप–२०८२ सम्पन्न, डडेलधुरा विजेता

धनगढी, असोज २६ । मनेहरा स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न तेस्रो खुल्ला वडा स्तरीय मनेहरा कप–२०८२ पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम क्लबका अध्यक्ष रुपक चौधरीको सभाध्यक्षता र धनगढी उप–महानगरपालिका–७ का वडा अध्यक्ष मोती रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा वडा सदस्य बासु राना, बिक्रम खाती, नेराथासका केन्द्रीय अध्यक्ष कमल सिंह राना, विभिन्न प्रायोजक, समाजसेवी, बुद्धिजीवी तथा खेलकुदप्रेमीको उल्लेखनीय उपस्थिति रहेको थियो।

चार दिनसम्म (असोज २३ देखि २६ गतेसम्म) चलेको प्रतियोगितामा कुल १९ टिमले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये डडेलधुरा टिम विजेता, आयोजक मनेहरा A उपविजेता, र धनगढी A तेस्रो स्थानमा रहेका छन्।

विजेता टिमलाई रु. २५,५२५ सहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई रु. १५,५२५, र तेस्रो स्थानका टोलीलाई रु. ७,५२५ नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष मोती रानाले आगामी संस्करणमा मनेहरा कपलाई अझ सुदृढ बनाउन आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्दै खेलकुदका माध्यमबाट युवालाई सशक्त बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin