२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

कञ्चनपुरको लालझाडी–२ कस्वामा आगलागी, गाउँपालिका अध्यक्षद्वारा राहत सामग्री हस्तान्तरण

खबर सम्बाददाता २९ आश्विन २०८२, बुधबार
कञ्चनपुरको लालझाडी–२ कस्वामा आगलागी, गाउँपालिका अध्यक्षद्वारा राहत सामग्री हस्तान्तरण

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर २, कस्वामा बसोबास गर्दै आउनु भएका श्री नारद राना ज्यूको घरमा हिजो साँझ अचानक आगलागी हुँदा ठूलो क्षति भएको छ।

आगलागीबाट घरभित्र रहेका लुगाफाटा, खाद्यान्न, भाँडाकुँडा, ओढ्ने–ओछ्याउने सामग्रीसहित अन्य सम्पूर्ण सम्पत्ति पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ।

घटनाको जानकारी प्राप्त भएपछि आज लालझाडी गाउँपालिकाका अध्यक्ष श्री निर्मल राना घटनास्थल पुगेर पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको छ। राहत सामग्रीमा लुगा, कम्बल, त्रिपाल, भाँडाकुँडा तथा खाद्यान्न समावेश रहेको छ।

अध्यक्ष रानाले पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै भने,

“गाउँपालिकाले तत्कालका लागि राहत उपलब्ध गराएको छ, दीर्घकालीन क्षतिपूर्तिका लागि सम्बन्धित निकायहरूसँग छलफल गरी आवश्यक सिफारिस पनि गरिनेछ।”

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin