नगर प्रमुख गोपाल हमालका अनुसार मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्री र स्थानीय परिकारहरूको प्रदर्शन तथा बिक्री हुनेछ। उनले सबैलाई मेलामा सहभागी भई महिला उद्यमीलाई प्रोत्साहन गर्न आग्रह गरेका छन्।
गत वर्षदेखि सुरु गरिएको यो मेला मौसमी कारणले गत चैत्रदेखि रोकिएको थियो। अब पुनः सुरु हुन लागिरहेको मेला आगामी चैतसम्म निरन्तर सञ्चालन हुने धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले जानकारी दिए।
मेला धनगढी–१, पार्क मोड अगाडि जेनजी मार्गमा दिउँसो २ बजेदेखि सुरु हुनेछ।
उपमहानगरपालिकाले सहभागी उद्यमीका लागि स्टल, टेन्ट, टेबुल र मोबाइल शौचालय लगायतका आवश्यक व्यवस्थाहरू निःशुल्क रूपमा उपलब्ध गराउने जनाएको छ।

