२१ कार्तिक २०८२, शुक्रबार
बि प्लस खबर

सफलता सहकारीका सदस्यलाई निसर्ग हस्पिटलमा २०% सम्म छुट दिने सम्झौता

खबर सम्बाददाता १५ कार्तिक २०८२, शनिबार
सफलता सहकारीका सदस्यलाई निसर्ग हस्पिटलमा २०% सम्म छुट दिने सम्झौता

धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सफलता महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.बीच सहकारीका सदस्यहरूलाई स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएको छ।

शुक्रबार सम्पन्न सम्झौताअनुसार सहकारीका शेयर सदस्यहरूले निसर्ग हस्पिटलमा विभिन्न स्वास्थ्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन्। सम्झौताअनुसार, सहकारीले पठाएका बिरामीले संस्थाको सिफारिस पत्र र बिरामीको परिचय खुल्ने कागजात पेश गर्नुपर्नेछ। छुटको दायरामा अस्पताल भर्ना, सर्जरी, ल्याब परीक्षण, एक्स–रे, ईसीजी, ईको, औषधि लगायतका सेवा समावेश छन्।

सम्झौतामा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थ राज पन्त र सफलता सहकारीकी अध्यक्ष खगेश्वरी जोशीले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यान्वयनमा आएपछि सहकारीका सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ दरमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin