२१ कार्तिक २०८२, शुक्रबार
बि प्लस खबर

युवा अभियन्ता इन्दु थारूको संयोजकत्वमा ‘थारू नागरिक अभियान’ गठन

खबर सम्बाददाता १७ कार्तिक २०८२, सोमबार
युवा अभियन्ता इन्दु थारूको संयोजकत्वमा ‘थारू नागरिक अभियान’ गठन

युवा अभियन्ता इन्दु थारूको संयोजकत्वमा थारू नागरिक अभियान गठन गरिएको छ। राजधानी काठमाडौंमा बसेको बैठक भेलाबाट उक्त अभियान गठन गरिएको हो।

थरूहट–थारूवानका मुद्दा उठान तथा बहस गर्न, साथै निस्पक्ष र स्वतन्त्र प्रगतिशील अभियान सञ्चालन गर्ने उद्देश्यका साथ यो अभियान गठन गरिएको जनाइएको छ।

यस अभियान अन्तर्गत जेन्जी संयोजकको जिम्मेवारी अर्णव चौधरीलाई सर्वसम्मत रूपमा दिइएको छ। अभियानका प्रतिनिधिहरूका अनुसार, थारू नागरिक अभियानले काठमाडौं उपत्यकाभित्रका थारू समुदायसँग सम्बन्धित संघ–संस्था, थारू अगुवा तथा सरोकारवालासँग बृहत अन्तरक्रिया गर्ने र देशभर अभियान विस्तार गर्ने योजना बनाएको छ।

थारू अगुवा माधव थारूका अनुसार, भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपश्चात थारू समाजमा देखिएको “उकुसमुकुस र शून्यता”लाई सम्बोधन गर्नका लागि अभियानको आवश्यकता महसुस गरिएको हो।

उनले भने,

“जेन्जी आन्दोलनपछि देशको परिवर्तित अवस्थासँगै थारू समुदायको आवाज बुलन्द हुनु आवश्यक थियो, तर त्यो हुन सकेन। यही कारण यो नागरिक अभियान गठन गरिएको हो।”

थारू नागरिक अभियानले सम्पूर्ण थारू युवा, अगुवा तथा सरोकारवालाहरुलाई अभियानमा जोडिन र थरूहट–थारूवान आन्दोलनले उठाएका मुद्दाहरू सम्बोधन प्रक्रियामा हातेमालो गर्न आह्वान गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin