३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कैलाली: जिप ठक्करपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो

खबर सम्बाददाता २३ कार्तिक २०८२, आईतवार
कैलाली: जिप ठक्करपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग  खुल्यो

कैलालीको घोडाघोडी नगरपालिका–२, टनकपुरमा आइतबार बिहान जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग पुनः खुलाइएको छ।

  • पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले साइकलमा सवार ५५ वर्षीय शंकर डगौरालाई ठक्कर दिएको थियो। डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। ठक्करबाट थप तीन जना घाइते भएका छन् l घाइते हुने हरुमा ५४ वर्षीय पदम बहादुर शाही (घोडाघोडी–२, साडेपानी), ५४ वर्षीय हर्क बहादुर डगौरा (बर्दगोरिया–६, कोटा तुल्सिपुर) र २५ वर्षीय कृष्ण डगौरा (बर्दगोरिया–६) रहेका छन । उनीहरूको उपचार घोडाघोडी अस्पतालमा जारी छ।

  • जिप चालक २३ वर्षीय सन्तोष घर्तीमगर (त्रिवेणी गाउँपालिका–४, रोल्पा) नियन्त्रणमा लिइएको छ।

घटनापछि स्थानीयहरू आक्रोशित भएका कारण सडक अवरोध गरिएको थियो। तर चालक उपस्थित भइ वार्ता पछि तत्कालका लागि राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin