Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

प्रदेश नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक मुख्यमन्त्रीलाई हस्तान्तरण

खबर सम्बाददाता १ मंसिर २०८२, सोमबार
प्रदेश नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक मुख्यमन्त्रीलाई हस्तान्तरण

सुदूरपश्चिम प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोगले प्रकाशन गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक विकास कार्यक्रमअन्तर्गत जिल्लागत कार्यक्रमको एकीकृत पुस्तक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेको छ।

सोमबार प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानासहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मुख्यमन्त्री शाहलाई हस्तान्तरण गरेको हो।

एकीकृत पुस्तक हस्तान्तरणमा मुख्यमन्त्री शाहले पुस्तकले प्रदेश सरकार र नागरिकबीच विकासको सेतुका रूपमा कार्य गर्नेमा विश्वास लिए। उनले भने,’यसले सुशासन प्रवर्द्धन गर्दै सरकारको विकास रणनीति र लक्ष्य प्राप्तिमा सहयोग पुऱ्याउने मात्र होइन, नागरिकलाई बजेट र कार्यक्रमबारे जानकारी दिलाई सरकारप्रति विश्वास र उत्तरदायित्वलाई अझ सबल बनाउनेछ।’

प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले प्रत्येक वर्ष बजेट प्रदेश सभाबाट पारित भएपछि वार्षिक विकास कार्यक्रम प्रकाशन गर्ने परम्परा रही आएको छ।

यस वर्षदेखि प्रदेश नीति तथा योजना आयोगले ९ वटै जिल्लाका जिल्ला समन्वय समिति र ८८ वटै स्थानीय तहका निकायगत तथा जिल्लागत कार्यक्रम, नीति तथा कार्यक्रम, आर्थिक विनियोजन विधेयक, कार्यकम र बजेटलाई समेटेर संक्षिप्त पुस्तक प्रकाशन गरेको हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin