१५ करोड बढी लगानीमा स्थापना गरिएको क्याथ ल्याबले पेसमेकरदेखि एन्जियोग्राफी–एन्जियोप्लास्टीसम्म सबै सेवा अब स्थानीयस्तरमै उपलब्ध।
कैलालीको अत्तरिया स्थित अत्तरिया हस्पिटल प्रालिले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अत्याधुनिक क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा क्याथ ल्याब सेवाको औपचारिक उद्घाटन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. यादव भट्ट तथा अस्पतालका संस्थापक रघुनाथ पाठकले संयुक्त रूपमा रिबन काटेर सेवाको उद्घाटन गरे।
क्याथ ल्याब सञ्चालनसँगै यस क्षेत्रका मुटुरोगीहरूलाई अब उपचारका लागि राजधानी काठमाडौं वा भारतका शहरहरू धाउनुपर्ने बाध्यता समाप्त हुने अस्पतालका अध्यक्ष डॉ. आनन्द पाठकले बताए। उनका अनुसार, स्थानीयस्तरमै सेवा उपलब्ध हुँदा समय, खर्च तथा जोखिम तीनै कम हुनेछ।
अस्पतालका अनुसार १५ करोड रुपैयाँभन्दा बढी लगानीमा क्याथ ल्याब सेवा सञ्चालनमा ल्याइएको हो।
नव उद्घाटित क्याथ ल्याबमार्फत अब बिना शल्यक्रिया
जस्ता महत्वपूर्ण सेवा उपलब्ध हुनेछन्।
प्रा. डा. भट्टका अनुसार, प्रदेशकै पहिलो पूर्ण क्षमताको मुटुरोग सेवा प्रारम्भ हुनु दीर्घकालीन स्वास्थ्य सुरक्षातर्फ महत्वपूर्ण उपलब्धि हो। आपत्कालीन मुटु उपचारमा “गोल्डेन आवर” अत्यन्तै महत्त्वपूर्ण हुने भएकाले अत्तरियामै सेवा उपलब्ध हुनु स्वास्थ्य क्षेत्रमै क्रान्तिकारी परिवर्तन भएको उनको धारणा छ।

