Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

खबर सम्बाददाता १६ मंसिर २०८२, मंगलवार
निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले संघीय सरकारसँग सहकार्य गर्दै काम गर्न प्रदेश सरकार सधैं तत्पर रहेको स्पष्ट गरे।

मुख्यमन्त्री शाहले नेपाल प्रहरीलाई साधन–स्रोतसहित मनोबल उच्च बनाउन प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै, सुरक्षा निकायलाई अझ सक्षम र प्रभावकारी बनाउन आवश्यक पहल थालिने बताए।

संघीय सरकारले प्रदेश तहलाई अधिकार प्रत्यायोजन गर्दा तीनै तहबीच समन्वय र सहकार्य थप मजबुत हुने विश्वास व्यक्त गर्दै उनले सुशासन र पारदर्शितामा प्रदेश सरकार कटिबद्ध रहेको बताए।

भदौ २३ र २४ गतेका आन्दोलनका प्रसंग उल्लेख गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रदेश सरकार दृढ रहेको बताएका थिए।

मुख्यमन्त्री शाहका अनुसार मुलुकलाई चुनावी माहोलमा लैजाने क्रममा जनताको इच्छा, आकांक्षा र विश्वासलाई केन्द्रमा राखेर सरकार अघि बढ्नेछ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin