मुख्यमन्त्री शाहले नेपाल प्रहरीलाई साधन–स्रोतसहित मनोबल उच्च बनाउन प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै, सुरक्षा निकायलाई अझ सक्षम र प्रभावकारी बनाउन आवश्यक पहल थालिने बताए।
संघीय सरकारले प्रदेश तहलाई अधिकार प्रत्यायोजन गर्दा तीनै तहबीच समन्वय र सहकार्य थप मजबुत हुने विश्वास व्यक्त गर्दै उनले सुशासन र पारदर्शितामा प्रदेश सरकार कटिबद्ध रहेको बताए।
भदौ २३ र २४ गतेका आन्दोलनका प्रसंग उल्लेख गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रदेश सरकार दृढ रहेको बताएका थिए।
मुख्यमन्त्री शाहका अनुसार मुलुकलाई चुनावी माहोलमा लैजाने क्रममा जनताको इच्छा, आकांक्षा र विश्वासलाई केन्द्रमा राखेर सरकार अघि बढ्नेछ।

