गृहमन्त्री अर्यालले सरकारको मुख्य दायित्व सुरक्षा सुनिश्चित गर्ने, सुशासन कायम गर्ने र तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै भने,
“सरकारले जनताबाट पाएको म्यान्डेट निर्वाचन गराउनु नै हो। निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण निर्वाचन तोकिएकै मितिमा हुन्छ।”
उनले कुनै पनि राजनीतिक दललाई चुनावी गतिविधिमा अवरोध नहुने र सबै दललाई निर्वाध रूपमा प्रचार–प्रसार गर्न दिने प्रतिबद्धता व्यक्त गरे। साथै, प्रदेशले पनि निर्वाचनको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए।
गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजङ्ग केसी, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलगायतका उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति थियो।
गोष्ठीमा प्रदेशको समग्र सुरक्षा स्थिति र आगामी फागुन २१ को आम निर्वाचनलाई केन्द्रमा राखेर विस्तृत रूपमा छलफल गरिएको जनाइएको छ।