घटनापछि व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सहयोग पु-याउन कैलाली उद्योग वाणिज्य संघ बिहानै सहयोगसहित घटनास्थल पुगेको छ। संघले पीडित व्यवसायीलाई रु. ५०,००० को तत्काल राहत सहयोग हस्तान्तरण गरेको हो।

उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले विपद्को अवस्थामा स्थानीय व्यवसायीलाई सहारा दिनु संघको प्राथमिकता रहेको जनाउँदै,
“क्षतिग्रस्त व्यवसायलाई यथाशीघ्र पूर्ववत् अवस्थामा फर्काउन थप सहयोगसमेत जुटाइनेछ,” भनेका छन्।
स्थानीय उद्योगी–व्यवसायीहरूको समन्वयमा थप सामग्री, उपकरण तथा आर्थिक सहयोग संकलन प्रक्रिया सुरु गरिएको छ।
आगलागीको कारण र क्षतिको पूर्ण विवरण सम्बन्धित निकायले अनुसन्धान भइरहेको जनाएको छ।

