२० मंसिर २०८२, शनिबार
बि प्लस खबर

देवरिया सामुदायिक वन उपभोक्ता समुहको २२‍औं वार्षिक साधारण सभा सम्पन्न

खबर सम्बाददाता १८ मंसिर २०८२, बिहीबार
देवरिया सामुदायिक वन उपभोक्ता समुहको २२‍औं वार्षिक साधारण सभा सम्पन्न

धनगढी–७ । देवरिया सामुदायिक वन उपभोक्ता समूहको २२‍औं वार्षिक साधारण सभा मंसिर १८ गते धनगढी–७ मा सम्पन्न भएको छ।

समूहका अध्यक्ष भागिराम चौधरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत जिवछ यादव प्रमुख अतिथि तथा धनगढी–७ का वडाध्यक्ष मोती राना, निवर्तमान वडाध्यक्ष सिताराम राना, सब–डिभिजन वनकी रेन्जर सत्य कुमाल लगायत पूर्वअध्यक्ष, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा उपभोक्ता सदस्यहरुको उपस्थिती रहेको थियो।

सभामा ४९ लाख २२ हजार ६७७ रूपैयाँ ५४ पैसा बराबरको आय–व्यय लेखापरीक्षण प्रतिवेदन कोषाध्यक्ष रामचन्द्र रानाले प्रस्तुत गरे। त्यस्तै, ६५ लाख ७६ हजार ७८ रुपैयाँ बराबरको अनुमानित बजेट लेखा संयोजक पृथ्वी रानाले प्रस्तुत गरेका थिए।

कार्यक्रमले समूहका निवर्तमान अध्यक्ष शारदा प्रसाद राना, निवर्तमान सचिव संगिना जागरी, पूर्व वन हेरालु कर्मचारी दर्शन राना, तथा कवि यज्ञराज यात्रीलाई २२‍औं साधारण सभाबाट सम्मान गरिएको जानकारी गराएको छ।

साधारण सभामा विविध सांस्कृतिक प्रस्तुतीहरू समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम सञ्चालन र प्रगतिप्रतिवेदन समूहकी सचिव सरस्वती ढुङ्गानाले बाचन गरेकी थिइन् भने उपाध्यक्ष मानबहादुर रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin