२० मंसिर २०८२, शनिबार
बि प्लस खबर

सहकारी लेखापालन तथा पर्ल्स अनुगमन प्रणाली सम्बन्धी ७ दिने तालिम सम्पन्न

खबर सम्बाददाता १९ मंसिर २०८२, शुक्रबार
सहकारी लेखापालन तथा पर्ल्स अनुगमन प्रणाली सम्बन्धी ७ दिने तालिम सम्पन्न

कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित शंकरपुर बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा सञ्चालन गरिएको सहकारी लेखापालन तथा पर्ल्स अनुगमन प्रणाली सम्बन्धी सात दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्राविधिक बनाउने उद्देश्यले गरिएको उक्त तालिममा सहकारीका पदाधिकारी तथा लेखापालहरू सहभागी भएका थिए।

उक्त तालिम Australian AidCaritas Nepal तथा NEEDS Nepal को प्राविधिक तथा आर्थिक सहयोगमा, लालझाडी गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको थियो। सात दिनसम्म चलेको तालिममा सहकारीको लेखापालन प्रणाली, अभिलेख व्यवस्थापन, डिजिटल अनुगमन, दिगो सहकारी सञ्चालन, वित्तीय पारदर्शिता तथा PALSE सिस्टमको प्रयोगबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

समापन समारोहका प्रमुख अतिथि तथा सभाध्यक्षको भूमिकामा लालझाडी गाउँपालिका–२ का वडा अध्यक्ष आशाराम राना उपस्थित रहेका थिए। उनले तालिमले सहकारी क्षेत्रको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै सहभागीहरूलाई सीपलाई व्यवहारमा उतार्न आग्रह गरे।

कार्यक्रमका प्रमुख प्रशिक्षक Caritas Nepal का छेगुरा चौधरी रहे। उनले सहकारीलाई स्मार्ट र उत्तरदायी बनाउने प्रक्रियामा पर्ल्स अनुगमन प्रणाली प्रभावकारी उपकरण भएको बताए।

सम्पूर्ण कार्यक्रमको सञ्चालन चाहिँ लालझाडी गाउँपालिकाको सहकारी शाखाका संयोजक प्रभुराज जोशीले गरेका थिए। सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको अभिव्यक्ति दिँदै भविष्यमा यस्ता सीपमूलक तालिम निरन्तर सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin