३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

नवज्योति कृषि सहकारी संस्था लि.को १७‍औँ साधारण सभा सम्पन्न , ९ जनालाई सम्मान

खबर सम्बाददाता २० मंसिर २०८२, शनिबार
नवज्योति कृषि सहकारी संस्था लि.को १७‍औँ साधारण सभा सम्पन्न , ९ जनालाई सम्मान

धनगढी– कैलाली । धनगढी–७ स्थित नवज्योति कृषि सहकारी संस्था लि.को १७‍औँ साधारण सभा संस्थाका अध्यक्ष मेघनाथ रानाथारुको सभाध्यक्षतामा सम्पन्न भएको छ।

साधारण सभामा अध्यक्ष मेघनाथ रानाथारुले २०८२ असार मसान्तसम्मको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १३३८ जना शेयर सदस्य रही,
निक्षेप: रु. १७ करोड २७ लाख ९१ हजार ४४९ रुपैयाँ ६९ पैसा
चुक्ता शेयरपूँजी: रु. १ करोड ५२ लाख ४४ हजार ३ सय
जगेडा कोष: रु. १ करोड १५ लाख ९ हजार ५७२ रुपैयाँ ८ पैसा
लगानी: रु. ११ करोड ५९ लाख ९५ हजार २५७ रुपैयाँ ४९ पैसा
शुद्ध नाफा: रु. ९ लाख ६६ हजार २१४ रुपैयाँ ९० पैसा
रहेको जानकारी दिएका छन्।

उक्त कार्यक्रममा २० करोड ६९ लाख ५१ हजार ७३२ रुपैयाँ ९५ पैसा बराबरको लेखा परिक्षण प्रतिवेदन संस्थाका व्यवस्थापक उग्रसेन रानाले प्रस्तुत गरेका हुन ।

यसैगरी, २४ करोड ६५ लाख ५९ हजार ४९४ रुपैयाँ ३२ पैसा बराबरको अनुमानित बजेट ऋण अधिकृत पृथ्वी रानाले प्रस्तुत गरे । कर्जा तथा निक्षेपमा थपघट सम्बन्धी प्रतिवेदन ऋण समितिका सदस्य जगतराम रानाले प्रस्तुत गरेका हुन ।

कार्यक्रममा सुप प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सल्लाहकार सदस्य माननीय डा. जीवन राना, धनगढी–७ का वडाध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष सिताराम राना, धनगढी–१७ का वडाध्यक्ष तथा निवर्तमान उपसमिती सदस्य माधवराज राना, वडा सदस्य बासु रानाथारु लगायत शेयर सदस्यहरुको उल्लेखनीय उपस्थिति थियो।

१७‍औँ साधारण सभाले संस्थाका निवर्तमान अध्यक्ष सिताराम राना, निवर्तमान सदस्य चनकलाल चौधरी, निवर्तमान सल्लाहकार सदस्य बालसुग्रीव राना, उपसमितीका निवर्तमान सदस्य नरेश राना, कोशी प्रदेश लोक सेवा आयोगमा सहायक लेखापाल पाचौं तहमा उत्तीर्ण संस्थापक कोषाध्यक्ष बिन्द्रा राना, जेष्ठ नागरिक साहेव राना र मन्सा राना, असल ऋणी भगवानदिन राना र पानमती रानालाई सम्मान गरिएको छ।

साधारण सभामा शेयर सदस्यहरुको तर्फबाट अन्तराम चौधरी र कौसिल्ला रानाले मन्तव्य व्यक्त गरेका हुन ।कार्यक्रम सञ्चालन सचिव मनोज विक्रम चौधरीले गरेका हुन भने स्वागत मन्तव्य संस्था उपाध्यक्ष भिराराम रानाले व्यक्त गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin