३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

दाइजाे कृषि सहकारी संस्थाकाे १४औँ बार्षिक सधारण तथा ५औँ अधिवेशन सम्पन्न

खबर सम्बाददाता २० मंसिर २०८२, शनिबार
दाइजाे कृषि सहकारी संस्थाकाे १४औँ बार्षिक सधारण तथा ५औँ अधिवेशन सम्पन्न


कैलाली । धनगढी ७ स्थित दाइजो कृषि सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष मानबहादुर रानाको सभाध्यक्षतामा र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बीर बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो।


कार्यक्रममा आव वर्ष २०८१/०८२सालको आर्थिक प्रतिवेदन नन्दगोपाल रानाले प्रस्तुत गर्नु भएको थियो संस्थाको जम्मा ६४९ जना शेयर सदस्य रहेको जानकारी दिनुभयो र सहकारीको शेयरपुजी ६४ लाख ७०हजार रहेको जानकारी दिनुभयो । यसैगरी निक्षेप बचत ६ करोड १४लाख ५४ हजार ८४७ रूपिया रहेको र ४ करोड६४ लाख ४६ हजार २५३ रुपिया बराबर ऋण लगानी रहेको जानकारी दिनुभयो ।


यसैगरी संस्थाका व्यवस्थापक बासुदेव रानाले आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको थियो । उहाँले सकारीको गतबर्षको कुल दायित्व सात करोड ८८ लाख ७२ हजार ८८१ रुपिया र यस बर्षको लक्ष्य आठ करोड ७३ लाख ६१ हजार ८६० रुपिया रहेको बताउनु भयो। यसैगरी गत बर्षमा ऋण असुली,कृषि व्यापार र संस्थागत अनुदान गरी ६८ लाख ९४ हजार रुपिया आम्दानी रहेको र यस बर्षको लक्ष्य ९१ लाख ५८ हजार ५८० रुपिया रहेको जानकारी दिनुभयो ।

कार्यक्रमको स्वागत मन्तव्य पुर्व अध्यक्ष चन्द्रकिरण रानाले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव दिपक राज जोशीले गर्नु भएकाे थियो ।


यसै गरी सहकारी संस्थाको नयाँ कार्यसमिति चयन भएकोछ नयाँ कार्यसमितिको अध्यक्षमा कालीराम राना, उपाध्यक्षमा मनिषा राना, सचिवमा दिपकराज जोशी, सदस्यमा शिवराज राना, श्याम राना, बिट्टोदेवी राना,लालमति राना, रामऔतार राना, भागीराम राना, श्यारोन राना र प्रेम बहादुर डगैरा रहेका छन भने लेखा संयोजन नन्दगोपाल राना, सदस्यमा भगिरथ राना र निर्मला चाैधरी राना रहनु भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin