३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

डा. मिश्रलाई कैलाली-३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने चर्चा

खबर सम्बाददाता २३ मंसिर २०८२, मंगलवार
डा. मिश्रलाई कैलाली-३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने चर्चा

प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति (फागुन २१ गते) नजिकिँदै गर्दा कैलालीमा चुनावी सरगर्मी बढेको हो ।

चुनावी सरगर्मी बढेसँगै अहिले कैलालीका निर्वाचन क्षेत्रहरुमा दलहरु उम्मेदवार चयन गर्नतर्फ केन्द्रित छन् । नयाँ दलहरु नयाँ अनुहार खोज्ने सुरमा छन् भने पुराना दलहरु भने युवा पुस्ताले रुचाएका व्यक्तिलाई उम्मेदवारका रुपमा अघि सार्ने मनसायमा छन् ।

यहीबीच कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको उम्मदेवारका लागि डा. प्रदीप मिश्रको चर्चा सुरु भएको छ ।

स्वास्थ्य क्षेत्रमा लामो समय योगदान दिएका डा. मिश्र सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय छन् । त्यसैमाथि सामाजिक बेथितिसँग नजिकसँग परिचित मिश्रलाई उम्मेदवार बनाउने विषयमा नेपाली काँग्रेसभित्र पनि छलफल चलिरहेको काँग्रेसका जिल्लास्तरीय नेताहरुले बताएका छन् ।

अर्कोतर्फ मिश्र युवाहरुले पनि रुचाएका पात्र हुन् । आसन्न निर्वाचनमा उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा हेर्न चाहेको जेनजी युवाहरुले पनि बताएका छन् । हालै गरिएको सुक्ष्म सर्वेक्षणका क्रममा पनि मिश्रको पक्षमा युवाहरु सकारात्मक रहेको स्वयम नेपाली काँग्रेसकै नेताले बताएका छन् । उनले युवाको चाहना र क्षमताका आधारमा पनि यसपालि कैलाली क्षेत्र नम्बर ३ बाट मिश्रले प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्ने सम्भावना बलियो रहेको ती नेताको भनाई छ ।

‘मिश्रजी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा हुनुहुन्छ । उहाँ स्वास्थ्य क्षेत्रसँगै सामाजिक काममा पनि सक्रिय हुनुहुन्छ । यही कारण पनि उहाँले ग्राउन्ड लेबलका समस्या बुझ्नुभएको छ’, काँग्रेसकै एक नेताले भने, ‘परिपक्व पनि हुनुहुन्छ । युवाहरुले पनि रुचाएका छन् । यही कारण पनि उहाँको सम्भावना बलियो देख्छु ।’

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin