विपदमा परेकाहरुलाई सधैं सहयोग गर्दै, असहाय र विपन्न परिवारलाई उपचारमा निरन्तर सहुलियत प्रदान गर्दै आएको निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टरको सामाजिक प्रतिबद्धता सुदूरपश्चिमले कदर गरेको छ।
सुदूरपश्चिम महोत्सव २०८२, धनगढीमा स्वास्थ्य र सामाजिक सेवामा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै अस्पतालका अध्यक्ष तिर्थराज पन्तलाई सम्मान गरिएको छ।
“यो सम्मान जिम्मेवारीको अन्त्य होइन, बरु अझ गहिरो सेवाभावको सुरुवात हो।” भनेर अस्पतालका अध्यक्ष पन्तले बताए । निसर्ग अस्पतालको यस प्रकारको समाजोपयोगी पहलले सुदूरपश्चिमका हजारौं परिवारलाई स्वास्थ्य सेवा पहुँचमा सहजता प्रदान गर्दै आएको छ।