सुदूर पश्चिमको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वाफत सेती प्रादेशिक अस्पताल तथा निसर्ग अस्पतालका बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र सम्मानित भएका छन् ।
कैलाली उद्योग वाणिज्य संघले सुदूर पश्चिम महोत्सव २०८२ को उद्घाटन समारोहमा वाल रोग बिशेषज्ञ मिश्रलाई सम्मान गरेको हो ।
समारोहका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले डा. मिश्रलाई कदर पत्र सहित सम्मान गरे ।
वालरोग विशेषज्ञका रुपमा सुदूर पश्चिमका बालबालिकाको स्वास्थ्योपचारमा महत्वपूर्ण योगदान वाफत डा. मिश्रलाई सम्मान गरिएको संघले जनाएको छ ।