३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कैलाली-५ बाट ४ जनाको नाम सिफारिस

खबर सम्बाददाता २३ मंसिर २०८२, मंगलवार
कैलाली-५ बाट ४ जनाको नाम सिफारिस

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि चार जना उम्मेदवारको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ । 



आरजु राणा सहित पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’, ०७९ सालको निर्वाचन सोही क्षेत्रबाट जितेका डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वडको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकले जानकारी दिए । नाम सिफारिस गर्नका लागि क्षेत्र नम्बर ५ ले आज विहान १० बजेदेखि २ बजेसम्म इच्छुक उम्मेदवारलाई नाम दर्ता गर्न आह्वान गरेको थियो । चार जनाको नाम मात्रै दर्ता भएपछि सबैको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ । 

आरजु ०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्र (धनगढी क्षेत्र) बाट एमालेका नारदमुनि रानासंग पराजित भएकी थिइन् । ०७९ सालको निर्वाचन पनि उनले सोही क्षेत्रबाट लड्ने चर्चा थियो । तर, राणाले सो समय समानुपाति निर्वाचन प्रणाली रोजेकी थिइन् । 

यस्तै समानुपातिकका लागि ११ र राष्ट्रियसभाका लागि तीन जनाको नाम पनि सिफारिस गरिएको छ । समानुपातिकमा जीवन राना, गौरीकुमारी लामा, मनिराम देवल, सुशीला मिश्र, सुनिता राना, पुष्पा जोशी भट्ट, निपा चोखाल, जागृति बोगटी, टेकबहादुर रैका, प्रमिला लम्साल र नरबहादुर बमको नाम सिफारिस गरिएको प्रवक्ता पाठकले बताए । यस्तै राष्ट्रियसभाका लागि रिता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम सिफारिस गरिएको छ । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin