१६ माघ २०८२, शुक्रबार
बि प्लस खबर

संस्थापन प्यानलमा नपरेपछि नारदमुनि रानाको स्वतन्त्र रुपमा केन्द्रीय सदस्यमा उम्मेदवारी

खबर सम्बाददाता १ पुष २०८२, मंगलवार
संस्थापन प्यानलमा नपरेपछि नारदमुनि रानाको  स्वतन्त्र रुपमा केन्द्रीय सदस्यमा उम्मेदवारी

कैलालीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका प्रभावशाली नेता नारदमुनि राना ११औँ महाधिवेशनको संस्थापन प्यानलमा नअटाएका छन्। ओली समूहको सार्वजनिक सूचीमा नाम नदेखिएपछि उनले स्वतन्त्र रूपमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

‘टिमको सार्वजनिक सूचीमा नाम नदेखेपछि स्वतन्त्र रूपमा भूगोलको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु,’ रानाले बताए।

ओलीका सदाबहार समर्थक मानिने राना पदाधिकारीमा दाबी गर्दै आएका थिए। तर केन्द्रीय सदस्यमा समेत स्थान नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

राना २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेतृ डा. आरजु राणा देउवालाई पराजित गर्दै चर्चामा आएका थिए। २०७९ सालको निर्वाचनमा भने उनी कांग्रेसका डिल्लीराज पन्तसँग पराजित भएका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin