१६ माघ २०८२, शुक्रबार
बि प्लस खबर

सुदूरपश्चिम महोत्सवमा पौष १ गते पल शाह , बिपना थापा लगायत जम्बो टोलीको प्रस्तुति

खबर सम्बाददाता १ पुष २०८२, मंगलवार
सुदूरपश्चिम महोत्सवमा पौष १ गते पल शाह , बिपना थापा लगायत जम्बो टोलीको प्रस्तुति

सुदूरपश्चिम महोत्सव–२०८२ मा पौष १ गते कलाकारहरूको जम्बो टोली, पल शाहदेखि बिपना थापा र झुम्कीका गायक विष्णु भट्टसम्मको विशेष प्रस्तुति रहने छ। सुदूरपश्चिम महोत्सव–२०८२ अन्तर्गत पौष १ गते चर्चित कलाकारहरूको जम्बो टोलीले महोत्सवमा प्रस्तुति दिने भएको छ।

आयोजकका अनुसार उक्त दिन नेपाली फिल्म क्षेत्रका चर्चित नायक पल शाह, वरिष्ठ नायिका बिपना थापा, रेखा जोशी, झुम्कीका गायक विष्णु भट्ट, कलाकार सुनिल नेपाली तथा लोकप्रिय हास्य कलाकार निशान परियार लगायतको विशेष प्रस्तुति रहनेछ।आयोजकले जानकारी दिएअनुसार हालसालै अत्यधिक चर्चामा रहेको गीत “यानि लान्छु ओइ झुम्की” मार्फत लोकप्रिय बनेका गायक विष्णु भट्टको प्रस्तुति दर्शकका लागि विशेष आकर्षण हुने अपेक्षा गरिएको छ।

विभिन्न विधा र क्षेत्रका कलाकारहरूको सहभागिताले सुदूरपश्चिम महोत्सवलाई थप मनोरञ्जनात्मक र रंगीन बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin