२ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

अटिजमका मुद्दा र सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ६ पुष २०८२, आईतवार
अटिजमका मुद्दा र सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढीमा अटिजमका मुद्दा र सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा प्रदेश नीति तथा योजना आयोग, धनगढीको सहकार्यमा राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका निमित्त सचिव विमल पराजुली र सभाध्यक्ष सामाजिक विकास मन्त्रालयका मुख्य सचिव डा. हेमराज रेग्मी रहनुभएको थियो। कार्यक्रममा अटिजम भएका बालबालिकाका समस्या, उनीहरूको हकहित र सरोकारका विषयहरूलाई कसरी प्रभावकारी रूपमा सरोकारवालासम्म पुर्‍याउने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

अटिजम तथा अपाङ्गता भएका बालबालिकालाई कसरी राम्रो सेवा, शिक्षा र सहयोग प्रदान गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए। साथै नागरिक समाजको भूमिका, जनचेतना र संवेदनशीलता अभिवृद्धि, वकालत र समन्वय, समावेशी सहभागिता, अटिजम समन्वयमा सरोकारवालाको भूमिका, सेवा प्रभावकारिता, क्षमता विकास, जनशक्ति व्यवस्थापन, सहकार्य र साझेदारीलगायतका विषयमा पनि छलफल गरिएको थियो।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सरोकारवाला निकाय, नागरिक समाज, पत्रकार तथा विभिन्न संघ–संस्थाका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले अटिजमसम्बन्धी नीति, कार्यक्रम र सेवालाई अझ प्रभावकारी बनाउन समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin