Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72

Notice: Trying to get property 'body' of non-object in /home2/kailario/bpluskhabar.com/wp-content/plugins/social-warfare/lib/utilities/SWP_Requests.php on line 72
१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

एमालेको समानुपातिक सूचीमा कृपा राना सहित सुदूरपश्चिमका १० जना

खबर सम्बाददाता १५ पुष २०८२, मंगलवार
एमालेको समानुपातिक सूचीमा कृपा राना सहित सुदूरपश्चिमका १० जना

नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा सुदूरपश्चिमका १० जनालाई समेटिएको छ ।

एमालेले निर्वाचन आयोगमा सोमबार बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा कैलालीका चार जनासहित ६ नेतालाई ११० जनाभित्र समेटेको हो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दकाअनुसार समानुपातिक सूचीमा कैलालीबाट लिला भण्डारी, हरिशंकर योगी, इच्छा चौधरी र सावित्रा घिमिरे परेका छन् ।

यस्तै, कञ्चनपुरबाट निरूदेवी पाल र कृपाराम राना, बझाङबाट एलबी रावल र भागरथी चन्द सिंह, अछामबाट बमबहादुर बिसी र दार्चुलाबाट जयेन्द्र सिंह ऐतवाल परेका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले समानुपातिक सूचीका लागि ९ वटै जिल्लाबाट प्राप्त नामको सूचीलाई छोटो बनाएर केन्द्रीय कमिटीमा पठाएको थियो । सोही सूचीबाट केन्द्रले १० जनाको नाम समावेश गरेको हो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin