लालझाडी गाँपालिकाको आयोजना र भानु माविको व्यवस्थापनमा पुष १७ गतेबाट सञ्चालित १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा सातौं लालझाडी गाँउपालिका स्तरिय खेलकुद छनौट प्रतियोगिता गाउँ खेलकुद समितीका अध्यक्ष प्रकाश रानाको सभाध्यक्षता र गाउँपालिका अध्यक्ष निर्मल रानाको प्रमुख आतिथ्यतामा पुष १९ गते सम्पन्न भएको छ ।
कार्यक्रममा लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना , लालझाडीका प्रवक्ता तथा २ नं का वडाध्यक्ष आशाराम राना , १ नं वडा अध्यक्ष प्यारेलाल राना , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु विद्यालयका प्रधानाध्यापक ,शिक्षक , तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।
प्रतियोगितामा ५ विधा भलिबल , कबड्डी , एथलेटिक्स र कराते , टेकवान्डो खेल भएको थियो । उक्त प्रतियोगितामा ७ वटा माध्यामिक तहका विद्यालयको सहभागीता रहेको थियो ।
छनौट प्रतियोगिताबाट प्रथम २० पदक , दोस्रो १६ पदक र तेस्रो १३ पदक गरि जम्मा ४९ पदक सहित प्रथम भानु मा.वि. , प्रथम ११ पदक , दोस्रो २ पदक र तेस्रो ५ पदक गरि जम्मा १८ पदक सहित दोस्रो शारदा राष्ट्रिय मा.वि. र प्रथम १० पदक , दोस्रो १० पदक र तेस्रो ७ पदक गरि जम्मा २७ पदक सहित तेस्रो सरस्वती मा.वि भएको भनेर आयोजक ले बताएका हुन ।
शिक्षक दयाकृष्ण जोशीले कार्यक्रम सञ्चालन गरेका हुन ।

