१६ माघ २०८२, शुक्रबार
बि प्लस खबर

धनगढीमा ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव – २०८२’ आयोजना हुने

खबर सम्बाददाता २० पुष २०८२, आईतवार
धनगढीमा ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव – २०८२’ आयोजना हुने


धनगढी- शिक्षा र संस्कारको संगमलाई जोड दिँदै आएको चैतन्य पाठशालाले आगामी पुस २२ गतेदेखि ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव – २०८२’ आयोजना गर्ने भएको छ। विद्यालयले आइतबार एक प्रेस मिटमार्फत “ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह” भन्ने मूल नाराका साथ महोत्सवको घोषणा गरेको हो।
यही पुस २२ गतेदेखि पुस २९ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा शैक्षिक, सांस्कृतिक, साहित्यिक तथा रचनात्मक गतिविधिहरू समावेश गरिनेछन्। महोत्सवको मुख्य उद्देश्य विद्यार्थीहरूमा लुकेको प्रतिभा उजागर गर्नुका साथै उनीहरूमा सिर्जनशीलता, नेतृत्व क्षमता, सामाजिक चेतना र आत्मविश्वासको विकास गर्नु रहेको विद्यालयले जनाएको छ।महोत्सवलाई रोचक र ज्ञानवर्धक बनाउन विद्यालयले विभिन्न कार्यक्रमहरू तय गरेको छ ।


प्लेन उडान प्रशिक्षण, ड्रोन उडान, विज्ञान तथा अन्वेषण र प्रविधि प्रस्तुती, अन्तर-विद्यालय प्रतियोगिता, पुस्तक समीक्षा, कविता तथा कथा वाचन, चित्रकला र हस्तकला प्रतियोगिता, नमुना संयुक्त राष्ट्र संघ), स्क्र्याबल च्याम्पियनसिप र प्राज्ञिक बहस, मौलिक तथा सांस्कृतिक प्रस्तुति, योग तथा ध्यान कार्यक्रम र माघि मिलन विशेष कार्यक्रम, सामुदायिक सेवा तथा रक्तदान कार्यक्रम लगायत महोत्सवका मुख्य आकर्षणहरू रहेका छन ।


यो महोत्सव विद्यार्थीहरूका लागि केवल कक्षाकोठाभित्रको सीमित सिकाइ मात्र नभई व्यावहारिक, जीवनोपयोगी र मूल्यपरक सिकाइको अनुभव लिने माध्यम बन्ने विश्वास गरिएको छ। यसले आधुनिक ज्ञान र परम्परागत मूल्यहरूबीच सन्तुलन कायम गर्दै विद्यार्थीहरूलाई उद्यमशीलता र समस्या समाधान गर्ने क्षमतामा निपुर्ण बनाउने लक्ष्य राखेको विधालयका निर्देशक गणेशप्रसाद जाेशीले बताए ।


महोत्सवबाट विद्यार्थीहरूमा आत्म-अनुशासन बढ्ने, सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सकिने र सांस्कृतिक पहिचानप्रति गर्वको भावना विकास हुने अपेक्षा गरिएको विद्यालयका प्राचार्य प्रेमनिधि ओझा बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin