१६ माघ २०८२, शुक्रबार
बि प्लस खबर

सुदूरपश्चिममा लगानी भित्र्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई खुला आह्वान : मुख्यमन्त्री शाह

खबर सम्बाददाता २९ पुष २०८२, मंगलवार
सुदूरपश्चिममा लगानी भित्र्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई खुला आह्वान : मुख्यमन्त्री शाह


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानी भित्र्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई खुला आह्वान गर्नुभएको छ।
मंगलबार टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव–२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताउनुभयो।


उहाँले निजी क्षेत्रको सहकार्यमा प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानीकर्तालाई अनुकूल हुने कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभयो। साथै लगानीको सुनिश्चितताको लागि सुरक्षा, खानेपानी र यातायातजस्ता पूर्वाधार विकासको बाताबरण बनाउन पनि सरकार तयार रहेको बताउनुभयो।
मुख्यमन्त्री शाहले मेला–महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै यहाँको कला, संस्कृति र पहिचानलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो। यस्ता कार्यक्रमले आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।


उहाँले प्रदेश सरकार र निजी क्षेत्र मिलेर आर्थिक गतिविधि चलायमान बनाउन लागिपरेको उल्लेख गर्नुभयो। साथै जेन्जीहरूले उठाएका मागहरू सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने माग संविधानको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। नयाँ जनादेशअनुसार आवश्यक संविधान संशोधनमार्फत मुलुकलाई अगाडि बढाउनुपर्ने उहाँको धारणा थियो।


मुख्यमन्त्री शाहले टीकापुरमा छिट्टै टीकापुर प्राविधिक विश्वविद्यालय सञ्चालन गरिने घोषणा गर्दै यसले क्षेत्रको शैक्षिक, आर्थिक र समग्र विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। यसका लागि सबै जनप्रतिनिधि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।


“औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना : समृद्ध सुदूरपश्चिमको परिकल्पना” भन्ने नाराका साथ सुरु भएको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव–२०८२ माघ ११ गतेसम्म सञ्चालन हुनेछ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin